Kohalpur Today Header Ads

निर्वाचन निस्पक्ष हुन्छ : क्याम्पस प्रमुख हमाल




शिवध्वज शाही,  कोहलपुर ।

बांकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा चैत्र ३ गते स्ववियू निर्वाचन हुन लागेको छ । सोही निर्वाचन अन्तरगत बागेश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुसार विभिन्न संघ संगठनबाट निर्वाचनमा उत्रिएका प्रत्यासी उम्मेदवारको परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।

LIfe Ok

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् निर्वाचन समितिका संयोजक दान बहादुर हमालले स्व.वि.यु. निर्वाचन स्वतन्त्र, निस्पक्ष र धांधली रहित हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।

उनले अहिलेसम्म हरेक संघ संगठनका नेता एवम् अध्यक्षहरुबाट आपसी सहयोग र सद्भाव एवम् मेलमिलापको कारण हरेक नीति नियम र कार्यमा साथ दिएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले निर्वाचन लाई निकै सचेतपुर्ण तरिकाले सम्पन्न गर्न सकिने वताए । उनले भने निर्वाचन अधिकृतको सचिवालय यो कार्यमा निकै चनाखो भएर काम गर्ने वताए ।

उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघबाट अध्यक्ष पदको उम्मेदवार टीका कुमारी शाहीले आफू र आफ्नो संगठनका सम्पूर्ण पदाधिकारी लाई निर्वाचित गराउन सम्पूर्ण विद्यार्थीहरु लाई अपिल गरिन । उनले आफू लाई निर्वाचित गराउने आधार भनेको आफ्नो एजेन्डा रहेको वताईन ।

उनले क्याम्पस भित्र देखा परेका अव्यवस्थित शौचालय लाई व्यवस्थित गर्ने, छात्राहरुका समस्या लाई बुलन्द गर्ने, खेल मैदान को समस्या उठान गरि स्थानीय सरकारसंगको सहकार्यमा काम गर्ने, साप्ताहिक खेलकुद सन्चालनको पहल गर्ने, सेनेटरी प्याड लाई व्यवस्थित गर्ने, पिउने पानीमा देखा परेका समस्या समाधान गर्न पहल गर्ने, दुर्गम क्षेत्रबाट अध्ययन गर्न आउने विद्यार्थी र सम्पूर्ण विद्यार्थीको छात्रवृत्तिको दायरालाई फराकिलो बनाउन पहल गर्ने, क्यान्टिनलाई व्यवस्थित गरि क्याम्पसको स्तर उन्नति गर्न पहल गर्ने प्रतिवद्द्ता व्यक्त गरिन ।

कार्यक्रममा अनेरास्ववियु अध्यक्ष पदका प्रत्याशी देबेन्द्र बुढाले आफ्नो संगठनले विरासत कायम राखेकोले बोलिम होइन काममा विश्वास गर्न अनुरोध गरे ।

उनले आम विद्यार्थीका सवालहरु, जनजिविकाका सवालहरु लाई उठान गर्ने, पाठ्यक्रमको विकासमा जोड दिने, शैक्षिक क्यालेन्डरको प्रयोग गरि लागू गर्ने,विद्यार्थी अक्षयकोषको स्थापन गर्ने, हरेक भवनको संरचना निर्माण गर्ने र यातायातम ४५ प्रतिशत भाडा छुटलाई कार्यन्वन गर्न पहल गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।

अखिल (क्रान्तिकारी) अध्यक्ष प्रत्यासी उम्मेदवार लक्षमण आचार्यले क्याम्पस प्रशासनसंग समन्वय गरेर काम गर्ने, क्याम्पसका तमाम समस्या लाई उठान गर्ने, पुस्तकालयका समस्या, ई लाईब्रेरी निर्माण गर्न पहल गर्ने, सेमेस्टर प्रणालीलाई व्यवस्थित गराउने,सिर्जनात्मक कार्य गर्ने, शैक्षिक भ्रमण लाई व्यवस्थापन गर्ने र प्राथमिक उपचार कक्ष निर्माण कार्यमा जोड दिने डिजिटल बोर्डको व्यवस्थापनम जोड दिने प्रतिवद्द्ता व्यक्त गरे ।

अनेरास्ववियु कमल चन्दले विभिन्न विश्वविद्यालयका समस्या देखि क्याम्पसका समस्या लाई वैज्ञानिक तवरले उठान गर्ने, आम विद्यार्थीका तमाम समस्या लाई सहज रूपमा समाधान गर्ने खालको वातावरण क्याम्पसम बनाउने प्रतिवद्द्ता व्यक्त गरे । कार्यक्रम नेक्राविसंघ अध्यक्ष होम कुमारी काफ्लेले स्व वि यु क्याम्पसका प्राध्यापक, कर्मचारी लाई धम्काउनु मात्र नभैइ क्याम्पसको समग्र विकास गर्नु पर्ने प्रतिवद्दता व्यक्त गरिन ।

कार्यक्रममा ने वि संघ सभापति राम प्रसाद पान्डेय, अनेरास्ववियुका अध्यक्ष महेन्द्र प्रकाश मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष दिपेन्द्र शाही, अनेरास्ववियुका सुरेश चदाराले आफ्नो धारण राखेका थिए । कार्यक्रममा निर्वाचन समितिका सदस्य टेकेन्द्र कुमार महतरा, जयकृष्ण न्यौपाने निर्वाचन अधिकृतको सचिवालयका सदस्य एवम् निर्वाचन प्रवक्ता एकराज शर्मा, ज्ञानेन्द्र शाही पुर्व क्याम्पस प्रमुखहरु, प्राध्यापक, कर्मचारी, पत्रकारहरु र सुरक्षाकर्मि लगायत पुर्व स्व वि यु सभापतिहरूको उपस्थित रहेको थियो । सुशील अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन निर्वाचन अधिकृतको सचिवालका सदस्य खोपिराम वलिले गरेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार