खजुराकाे अरूणोदय माविमा पुरस्कार वितरण तथा अभिभावक भेला

गम बहादुर डाँगर, खजुरा ।

बाँकेको खजुरा गाउँपालिकामा रहेको अरुणोदय माविले २०७५ सालदेखि २०७८ सम्मका कक्षामा प्रथम, द्धितिय, र तिृतिय हुने विद्यार्थी साथै २०७९ सालमा विविध विधा उत्कृष्ट हुने बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको छ ।

मंगलबार विद्यालय व्यस्थापन समितिका अध्यक्ष शतिस निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र बहादुर मल्लको प्रमुख अतिथिमा २०७५ सालदेखि २०७८ सम्मका कक्षामा प्रथम, द्धितिय, र तिृतिय हुने विद्यार्थी साथै २०७९ सालमा विविध विधा उत्कृष्ट हुने बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको हो ।

यस्तै विद्यालयका प्रिन्सिपल ऋषि केश जिसीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय खजुरा गाउँपालिकामा खेलकुद र शिक्षा क्षेत्रमा अव्वल सावित गराउन सफल तथा र नतिजा समेत उत्कृष्ट प्राप्त गरेको प्रतिवेदनमा उल्लेख थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै जिसीले विद्यालयका अव्वल शिक्षकको मेहनतको प्रतिफल आज तपाई सामु रहेको भनि प्रष्ट पारेका थिए ।  यस्तै प्रशिद्ध मोटिभेसनल प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवाली (शैक्षिक यात्री) ले अभिभावकहरूलाई असल अभिभावक कसरी बन्न सकिन्छ ? भनि प्रष्ट पारेका थिए ।

२०७५ सालको विद्यालय प्रथम स्मृती राना, २०७६ को गरीमा घर्ति, २०७७ को दुर्गा घर्ति र २०७८ सालको आरजु भण्डारी र विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीलाई खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र बहादुर मल्लले पुरस्कार वितरण गरिएको थियो ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट बक्ता, उत्कृष्ट सरसफाई, उत्कृष्ट अनुशासन, उत्कृष्ट चित्रकार, उत्कृष्ट नृत्यकार जस्ता विधामा पुरस्कार वितरण गरियो ।

यसैगरी विभिन्न विधामा जस्तै सक्रिय शिक्षक विधामा अनिता पुन, सुविता राना, लिला खड्का र गम बहादुर डाँगर र उत्कृष्ट बस चालकमा भुपेन्द्र बस्नेत तथा उत्कृष्ट सह-चालकमा ईश्वर बुढालाई दिइएको थियो ।

यस्तै शिक्षक तर्फबाट वर्ष भरिमा वढी हाजिरी हुनेमा रामलाल भुसाललाई २०७९ को पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा करिब ३ सय अभिभावकहरुको उपस्थिति रहेको थियो । यस्तै पत्रकार खगेन्द्र दाहाल, पार्वती जि.सी., इन्दु थापा, सरस्वती राना र अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो  ।