Kohalpur Today Header Ads

कोहलपुरमा मृतकका आफ्न्तद्धारा सडक अवरोध




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरमा मृतक केशव धितालका आफ्न्तद्धारा अहिले सडक अवरोध गरेका छन् ।

आइतबार राती बर्दियाको बाँसगढी–१ केदारेश्वेर धाम नजिकै मोटरसाइकल दुर्घटना भई कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय केशव धिताल घाइते भएका थिए । आइतबार राति ११ः५५ बजेको समयमा भे ६ प ९०१५ मोटरसाईकल दुर्घटना भएको थियो ।

LIfe Ok

घाइते भएका धिताललाई तत्कालै उद्दार गरेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार