राप्तीसोनारी गाउँपालिकामा मिनराज खड्का ‘सन्तोष’ ले प्रवक्ताको जिम्मेवारी पाएका छन् । खड्का राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हुन् । गाउँकार्यपालिका(बोर्ड) बैठकले सर्बसम्मत रुपमा उनलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो ।
खड्का नेकपा माओवादी केन्द्रका तर्फबाट गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए । प्रवक्ताको जिम्मेवारी पाएपछि प्रतिक्रिया दिदै खड्काले आफ्नो कर्तब्य निश्पक्ष रुपले निर्बाह गर्ने बताए । आफु प्रवक्ताको जिम्मेवारीमा रहँदा सबैसँग सहयोगको अपेक्षा पनि गरेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्