Kohalpur Today Header Ads

१४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम




काेहलपुर ।

१४ औ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा बाँकेमा तेकान्दोे खेलतर्फ विभिन्न तौल समुहबाट कोहलपुर नगरपालिकाले पाँच स्वर्ण सहित प्रथम स्थान हासिल गरेको छ ।

यस्तै १ स्वर्ण सहित बैजनाथ गाँउ पालिकाले दोस्रो स्थान प्राप्त गरेको छ । नेपालगन्ज रङगशालामा संचालन भएको प्रतियोगिता फाल्गुण २६ गते देखि २८ गते सम्म संचालन भएको छनौट प्रतियोगिता सम्पन्न भएको थियो ।

LIfe Ok

छनौट प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि तेकान्दो संघका केन्दीय सदस्य श्रीमान थापाले खेलकुदको सवैभन्दा मनिसले खेल्नै पर्ने खेल मध्यको तेकान्दो खेल आफ्नो सुरक्षकाको लागी पनि खेलिने खेल भएको वताएका थिए । कार्यक्रमको सभापतित्व सन्तोष श्रेष्ठले गरेका थिए ।

कार्यक्रमा जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने, सिनियर गुरु चन्द श्रेष्ठ, नेत्र थापा मगर,मानबहादुर लामिछाने, बिमला भण्डारी , राजेन्द्र सिंह आले ज्यु को उपस्थिति मा खेल सुचारु भयको थियोे । सिनियर रेफ्रीमा उमादेबि थापा,सिद्ध बहादुर चन्द, चन्द्र बहादुर श्रेष्ठ को नेतृत्वमा २५ जना प्राबिधिक को सहयोग मा तेक्वान्दो खेल सम्पन्न भयको थियो । कार्यक्रम तेक्वान्दो संघ बाँकेका सचिव जङ्गवीर चौधरीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार