कोहलपुर सिटि एकेडेमीले ७ औं वार्षिकोत्सव मनायो

प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको कोहलपुर सिटि एकेडेमीले ७ औं वार्षिकोत्सव मनाएको छ । शनिबार कोहलपुर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमाललको प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद चौधरीको सभापतित्वमा ७ औं वार्षिकोत्सव मनाएको हो । नगर शिक्षा शाखाका प्रमुख हमालले ७ औं वाषिकोत्सव र नवनिर्मित भवनको समेत उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै नगर शिक्षा शाखाका प्रमुख हमालले शिक्षा क्षेत्रमा निजी लगानीमा बृद्धि हुँदै गएको र यसलाई सरकारी संस्थाहरुले नितिगत व्यवस्था गरी थप मजबुद बनाउने तर्फ अग्रसर हुन अनुरोध गरेका थिए । ‘अहिले कोहलपुरको पाठशालाको रुपमा स्थापित भएको छ,’ उनले भने, ‘तर यसलाई निरन्तर कायम राख्नका लागि अझै थप कसरतको जरुरी रहेको छ ।’ संस्थागत विद्यालयहरुले पालिकाले निर्माण गरेको स्थानिय पाठ्यक्रमलाई लागू गर्ने समेत निर्देशन शैलीमा आफ्नो भनाई राखेका थिए ।

यस्तै कोहलपुर सिटि एकेडेमीका प्रिन्सिपल प्रशान्त रिजालले आफ्नो प्रगति प्रतिवेदन तथा भावी योजनाहरु प्रस्तुत गरेका थिए । रिजालले कोहलपुर क्षेत्रमा उत्कृष्ट विद्यालय बनाउन सफल भएको र अझै जिल्लामा नै उत्कृष्ट बनाउने लक्ष्य रहेको प्रिन्सिपल रिजालले बताए । विद्यालयमा खेल मैदानको आवश्यकता भएको हुँदा अवको पाँच वर्षसम्म खेलमैदानको व्यवस्थापन गर्ने र क्रमश विद्यार्थीहरुको संख्या बृद्धि गर्ने योजना रहेको रिजालले बताए । आज नसर्री कक्षाको नवनिर्मित भवनको समेत उद्घाटन गरेको थिए ।

कार्यक्रममा नसर्रीदेखि ७ कक्षासम्म प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका बालबालिकाहरुलाई मेडल सहित पुरस्कार दिइएको थियो ।
यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना अधिकारी, ११ वडा स्वास्थ्य चौकी प्रमुख प्रकाश जंग हमाल, क्रिसा बाँकेका अध्यक्ष वेगम चन्द, एनप्याब्सनका बाँकेका जिल्ला अध्यक्ष श्यामबहादुर कंवर र न्यू बागेश्वरीका प्रमुख टेक बहादुर गरूङ्ग लगायत बुद्धिजीवी, समाजसेवी, अभिभावक र विद्यार्थीहरुको सहभागि रहेको थियो ।