Kohalpur Today Header Ads

काँग्रेस, एकिकृत समाजवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको साझा प्यानल घोषणा




रावन विश्वकर्मा, बर्दिया ।

बाँसगढी उद्योग वाणिज्य सँघको आसन्न निर्वाचनका लागि बद्री नाथ बरालको नेतृत्वमा लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानलको घोषणा गरिएको छ । “हाम्रो संकल्पः मर्यादित व्यवसाय, सम्मानित व्यवसायी” भन्ने मुल नारा सहित नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका आस्थावान व्यवसायी सम्बद्ध लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानल घोषणा गरिएको हो ।

बाँसगढी उद्योग वाणिज्य सँघका बर्तमान बरिष्ठ उपाध्यक्ष बद्री नाथ बरालको नेतृत्वमा बिहिबार एक कार्यक्रमका बिच प्यानलको घोषणा गरिएको हो । प्यानलमा नेकपा एकिकृत समाजबादीमा आस्था राख्ने व्यापारीलाई महिला उपाध्यक्ष सहित २ सदस्य, नागरिक उन्मुक्ति पाटीमा आस्था राख्ने व्यापारीका लागि कोषाध्यक्ष, १ सदस्य र १ लेखा सदस्य, सहकोषाध्यक्ष स्वतन्त्र र अध्यक्ष सहित अन्य पद नेपाली काँग्रेसमा आस्था राख्ने व्यापारी सहितको मजबुद्ध प्यानल निर्माण गरिएको छ ।

LIfe Ok

प्यानलको सार्वजनिक नामावली अनुसार अध्यक्षमा बद्री नाथ बराल, बरिष्ठ उपाध्यक्षमा मायाँ कुमारी पौडेल, उद्योग उपाध्यक्षमा खेमराज भट्टराई, वाणिज्य उपाध्यक्षमा ईन्द्रजीत बुढाथोकी, महिला उपाध्यक्षमा मनु अधिकारी, पर्यटन उपाध्यक्षमा बबई चेपाङ्गलाई दिईएको छ । त्यस्तै महासचिवमा भोजराज शर्मा, सचिवमा यज्ञ बहादुर वली, कोषाध्यक्षमा सरोज कुमार थारु, सहकोषाध्यक्षमा सुनिल अधिकारी रहनु भएको छ ।

सदस्यहरुमा अजय तिवारी, महेश अधिकारी, रामलाल श्रेष्ठ, लक्ष्मण थारु, किशोर शर्मा, शान्ता प्रभा अधिकारी, बिष्णु परियार, कृष्ण खड्का, देवराज राना, सञ्जु कुमार वली र कृष्ण प्रसाद देवकोटा रहेका छन । भने लेखा संयोजकमा दिलु पौडेल ज्ञवाली, सदस्यमा सुरज कुमार थारु र सुनिता थारु रहेका छन । आगामी चैत्र ४ गते हुने बाँसगढी उद्योग वाणिज्य सँघको तेस्रो अधिबेशनबाट नयाँ कार्य समितिका लागि निर्वाचन हुने छ । सो निर्वाचनका लागि बिहिबार बरालको नेतृत्वमा लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानल घोषणा गरिए सँगै २ वटा प्यानल बिच प्रतिस्पर्धा हुने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार