सल्यानमा बसको ठक्करबाट एक जनाको मृत्यु




सल्यान  ।

सल्यानमा बसले मोटरसाईकललाई ठक्करबाट मोटरसाईकल चालकको मुत्यु भएको छ ।

राप्ती राजमार्गअन्तर्गत सल्यानको त्रिबेणी गाउँपालिका ६ शंखमुलमा बिहीवार दिउँसो साढे ४ बजेको समयमा शारदा नगरपालिका १ श्रीनगरदेखि त्रिवेणी गाउँपालिका १ काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक छत्रेस्वरी गाउँपालिका ३ पालेखोला घर भएका वर्ष १९ का अजय ओलीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार