काेहलपुर नगरपालिका १४ मा आग्लागी




काेहलपुर

काेहलपुर नगरपालिका १४ मा आगलागी भएकाे छ । आज काेहलपुर १४ ठडा गाँउकाे चाहे गडीयाकाे गाेठमा दिउसाे ३ बजेदेखि आगलागी भएकाे हाे ।

अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे दमकल आएकाे छ । ईलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी सुन्दर तिवारीका अनुसार अहिले आगलागी भएकाे स्थानमा छाै ।

आगलागी नियन्त्रण लिने क्रम जारी छ । मानविय क्षति भएकाे छैन तिवारीले काेहलपुर टुडेलाई जानकारी दिए ।

काेहलपुर नगर प्रहरी समेत पुगेकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार