श्रमिक महिला सम्बन्धी कार्यविधि बनाउने बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीको प्रतिबद्धता




कोहलपुर ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीले श्रमिक महिला सम्बन्धी कार्यविधि बनाउने गर्ने पालिका अध्यक्ष प्रकाश शाहीको प्रतिबद्धता जनाएका छन् । ११३ औं नारी दिवसमा अभिमूखिकरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शाहीले यस्तो बताएका हुन् । महिलाहरुको हक हितको लागि काम गर्नका लागि श्रमिक महिला सम्बन्धी कार्यविधि निर्माण गरी कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालको संविधानमा भएको व्यवस्था अनुसार कानून र अधिकारमा रहि पालिकाले श्रमिक महिला कार्यविधि निर्माण गरी काम कतव्र्य अधिकारहरु सहज र सरल रुपमा आम महिला तथा बालबालिकाहरुको हक हितमा काम गर्ने बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीले बताए । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ पालिका सभाहलमा उपाध्यक्ष निर्मला रोकायको अध्यक्षता अभिमूखिकरण कार्यक्रम भएको थियो ।

पालिकाका उपाध्यक्ष निर्मला रोकायले महिलाहरुका लागि निर्वाचन तथा सार्वजनिक क्षेत्रहरुमा कम महत्व दिएको विषयलाई चर्चा गरेकी थिइन् । महिलाहरुले अवसर दिएपछि आफ्नो प्रतिभा देखाउन सक्छन तर नेपाल पतिप्रथा देश अझै नगएको भन्दै आक्रोस पोखेकी थिइन् । अब महिलाहरुको लागि पालिकाले कार्यविधि निमार्ण गर्नका लागि सबै पालिकाका महिला तथा बालबालिकाहरुसंग छलफल गरेर कार्यविधि निर्माण गर्ने उपाध्यक्ष रोकायले बताएकी थिइन् ।

अभिमूखिकरण कार्यक्रममा अधिवक्ता कपिल्देब शर्माले नेपालको संविधानमा महिलाहरुको अधिकारको बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रममा बैजनाथका स्थानीय महिला समाजसेवी मन्दिरा रिमाल, नेकपा माओवादी केन्द्रका नेता मिना ओली, नेकपा एमाले बैजनाथ गाउँ कमिटी सचिव प्रेम प्रशाद सुबेदी, नेपाली काङ्ग्रेस बैजनाथ गाउँ कमिटी सभापति देब बहादुर केसी, नेकपा माओवादी केन्द्र बैजनाथ गाउँ कमिटी अध्यक्ष जय बहादुर बिक (प्रदिप) र नेपाली काङ्ग्रेस जिल्ला सदस्य कोकिला शर्मा लगायत महिला बालबालिकाहरुको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रम बैजनाथ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवालीले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार