जिवन ज्योति स्कुलमा प्रिन्सिपल “जोमन जेम्स” विरुद्ध नागरिकता सम्बन्धी मुद्धा दर्ता

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको जिवनज्योति स्कुलका प्रिन्सिपल ”जोमन जेम्स” विरुद्ध नागरिकता कसुर सम्बन्धी मुद्धा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालयमा नागरिकता कसुर सम्बन्धी मुद्धा दर्ता भइसकेको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार अहिले मुद्धा दर्ता गरी कानूनी कारवाहीको लागि अगाडि बढाएका छौं । प्रहरीले पक्राउ उनलाई गरिसकेको छ । वि.स २०६३ सालमा किर्त नागरिकता लिएपछि उनलाई पक्राउ गरेको हो ।

उनले कोहलपुर ६ बाट नक्कली सर्जिमन गरी वि.स. २०६३ मा आएको नागरिकता टोलीलाई झुक्याएर नागरिकता लिएका छन् ।

जसमा बाजे थोमन जेम्सको नाति र बुवा एमो जेम्सको छोरा हो भनी कोहलपुर ६ का बाल किसुन थारु, जलारु थारु राखेर सन्तविर सुनारको टोलिले ६६३०१३/४१ नम्बरको नागरिकता झ्क्याएर लिएको पाएपछि उनलाई पक्राउ गरेको इलाका प्रहरी प्रमुख डिएपी तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।

प्रारम्भिक जानकारीका अनुसार बाँकेमा रहेका विभिन्न राजनितिक दलका छोराछोरीहरु फ्रि मा अध्यापन गराउने र अन्य गतिविधिमा समेत संलग्न रहेको जानकारी आएपछि थप अनुसन्धानलाई कडाईका साथ लागिरहेको प्रमुख डिएपी तिवारीले बताए ।