कोहलपुर टुडे र मानव अधिकार मन्चले संयुक्त रूपमा मनाए होलि पर्व

भगवती पोख्रेल, कोहलपुर
कोहलपुर मिडिया हावसद्वारा संचालित कोहलपुर टुडे र रास्ट्रिय अधिकार मन्च नेपाल बांकेले संयुक्तरूपमा होलिमिलन कार्यक्रम भव्य रूपमा माएका छ्न । कोहलपुरमा स्थापित दुवै संस्थाले आपसी सद्भाव, सहिष्णुता, प्रेम र मेलमिलापको यो पर्व फागुपुर्णिामा होलि पर्व मनाएका हुन । होलि पर्व नेपालमा पहाडी र तराई समुदायका मानिसहरुले अलग अलग दिन मनाउने गर्द्छ्न ।


हिजो पहाडी समुदायको होलि पर्व रहेको थियो भने आज तराईका जिल्लाभर तराई होलि मनाउने गरिन्छ । होलि पर्वको अवसरमा कोहलपुर दुवै संस्थाले कोहलपुरमा धुमधामसंग होलि मिलन कार्यक्रम गरेका हुन । कोहलपुर टुडेको कार्यालयमा विहान ११:०० बजे होलि मिलन कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुझ अतिथी रास्ट्रिय अधिकार मन्च नेपाल बांकेकी उपाध्यक्ष अन्जना पान्डेले होलि मिलन कार्यक्रमले पारिवारिक जम्घट, आपसी मेलमिलाप, सद्भाव दिएकोले उपस्थित सम्पूर्ण लाई शुभकामना व्यक्त गरिन ।


उनले होलि पर्वमा रंगहरुको प्रयोग गरेर मनाउने गरेकोले रंगहरु जस्तो गरि सबैमा उन्नति प्रगतिका साथै सबैमा सुख, शान्ती र समृद्धि होस भन्ने कामना गरिन । कार्यक्रममा कोहलपुर टुडेका सम्पादक, रास्ट्रिय अधिकार मन्च नेपालका सचिव एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र कोहलपुर का सचिव एकराज शर्माले रंगहरुको पर्व होलि जसरी रंग लागाएर एकाअर्का विच सद्भाव साटासाट गरिन्छ त्यसरी नै सबैको उन्नति र प्रगतीको शुभकामना व्यक्त गरे ।
उनले कोहलपुर टुडे र रास्टृय मानव अधिकार मन्चले संयुक्त रूपमा गरेको होलि मिलन कार्यक्रमले एक अर्काविच पारिवारिक सम्बन्ध कायम गरेको विचार व्यक्त गरे । कार्यक्रममा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाही, पत्रकारहरु कृष्ण कुमार शाही, भगवती पोख्रेल, प्रदिप कुमाई, सुनिता कुमारी सिंह, शिवध्वज शाही, कोहलपुर खबरका सन्चालक मार्शलराज सन्ज्याल, पत्रकार भुपेन्द्र कुवर, नेविको डिलर्स कोहलपुरका प्रोप्राईटर नवराज भन्डारी, रास्ट्रिय मानव अधिकार मन्च नेपाल बांकेका आजिवन सदस्यहरु मान बहादुर शाही, पतिराम थारु, समाजसेवी प्रताप देवकोटा लगायतको उपस्तिथिमा होलि मिलन कार्यक्रम गरिएको हो ।
होलि मिलन कार्यक्रम कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सन्चालन पत्रकार शिवध्वज शाहीले गरेका थिए । औपचारिक कार्यक्रम पश्चात् एक अर्कोमा रंगहरु लगाएर होलि मिलन गरिएको थियो ।