नमुना विद्या सदनले मनायो फुड एण्ड कल्चरल फेस्टिभल

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका—८ मा रहेको नमूना विद्या सदन माविले फुड एण्ड कल्चरल फेस्टिभल मनाएको छ । बालबालिकाहरूलाई भान्सादेखि साँस्कृतिक शिक्षा प्रदान गर्ने उद्देश्यका आज फुड एण्ड कल्चरल फेस्टिभल कार्यक्रम गरी मनाएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पुर्ण प्रसाद आचार्यले उद्घाटन गरि फुड एण्ड कल्चरल फेस्टिभल सुरू भएको थियो । उद्घाटन क्रममा बोल्दै नगर प्रमुख आचार्यले बालबालिकाको अर्थपूर्ण सहभागी र आत्मानिर्भर बनाउन स्थान प्रदान गर्नु राम्रो पक्ष रहेको बताए । ‘बालबालिका लागि यो कार्यक्रम अर्थपूर्ण छ’ उनले भने, ‘विद्यालयले बालबालिकाहरू पक्षमा काम गरिरहेको छ ।’

यसरी बालबालिकाहरूका लागि सदावाहार रूपमा निरन्तरता दिनुपर्ने र सटिफिकेट मात्र नभएर व्यवहारिक शिक्षा जोड दिनु बताएका थिए ।

बालबालिकाहरुले बतृत्वकलामा भाग लिएका बालबालिकाले शब्द चयन, वर्णन्यास, प्रस्तुति निकै राम्रो र उत्कृष्ट रुपमा दिएका दिएको भन्दै पं्रशसा गरेका थिए । यि बालबालिकाहरुलाई अबको ५ वर्षभित्र राज्यका प्रशासनिक क्षेत्रमा हामीले देख्न सक्छौ त्यसकारणले कक्षागत, अन्य अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने देखिएको नगर प्रमुख आचार्यले बताए ।

यस्तै नमूना विद्या सदनका संस्थापक शिव डाँगीले व्यवहारिक र प्रभावकारी शिक्षा प्रदान गरिरहेको बताए । अहिले बालबालिकालाई संस्कार र नैतिक शिक्षामा जोड दिइरहेको संस्थापक डाँगीले बताए ।

“फुड एण्ड कल्चरल फेस्टिभल“ भन्ने विषयमा वतृत्वकला प्रतियोगिता समेत गरिएको थियो । जसमा ४ वडा हाउसहरुले भाग लिएका थिए । श्रीष्मा रावत प्रथम, विकेक कुमार हरिजन द्धितीय, आरजु अधिकारी तृतीय र करूणा मिजार सान्त्वना भएका थिए । यस्तै तातो आलो प्रतियोगितामा अभिभावक विमला सुनार प्रथम भएकी थिईन ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका पमुख रामसुरेश यादब, कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, ८ का अध्यक्ष लाल बहादुर राना, रामजानकी माविका संस्थापक दिनेश सिग्देल, सरस्वती मावि पिपरीका प्रअ विशाखर जैसी लगायत अन्य अभिभावक, विद्यार्थी पत्रकारहरुको उपस्थिति थियो ।