विज्ञान शिक्षक समाज नेपाल बाँकेको अध्यक्षमा धिताल

कोहलपुर ।

विज्ञान शिक्षक समाज नेपाल बाँकेको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । आज भएको विज्ञान शिक्षक समाज नेपाल बाँकेको प्रथम अधिवेशनबाट यम नारायण धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

विज्ञान शिक्षक समाज नेपाल बाँके संयोजक धन बहादुर परियारको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य यमनाथ पौडेलको प्रमुख अतिथिमा नयाँ कार्यसमिति चयन भएको थियो ।

जसमा उपाध्यक्षमा राजन कँडेल, सचिवमा बासु गिरी, सह–सचिवमा मोहन वस्नेत क्षेत्री र कोषाध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा शुसिला केसी, कृष्ण कुमार शाही, राजु पौडेल र नवराज गैरे चयन भएका छन् ।

यस्तै भेलामा बोल्दै शिक्षा तथा खेलकुद शाखाका शाखा अधिकृत रविलाल मिजारले विज्ञान शिक्षकहरूले पेशागत हकहित, शैक्षिक गुणस्तर वृद्धि र विज्ञानलाई विषयलाई सहज रूपमा अध्यापन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । मिजारले वैज्ञानिक चिन्तन, सामाजिक मूल्य, मान्यता तथा विद्यार्थीहरूले घरबाट सिकेको संस्कारलाई बुझेर शिक्षण गर्नुपर्ने जिकिर गरे ।

भेलामा बोल्दै नवनिर्वाचित अध्यक्ष धितालले विज्ञान शिक्षकको पेशागत विकास र शैक्षिक गुणस्तर वृद्धिमा सक्रियरूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै विज्ञान शिक्षक समाज नेपाल दाङका संयोजक गिरिराज लम्साल र विज्ञान शिक्षक समाज नेपाल बर्दिया संयोजक नारायण पराजुली लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।