कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा एउटै पदमा तीन जनाले उम्मेदवारी दिएका छन् ।
नेकपा एमाले निकटको अनेरास्ववियूमा क्याम्पस कमिटिले विवाद मिलाउन नसकेपछि एउटै पदमा दुई उम्मेदवार दर्ता भएका छन् । अनेरास्ववियुबाट अध्यक्ष पदमा देवेन्द्र बहादुर बुढा र सुमन घिमिरे रहेका छन् ।
एमोले निकटकै अर्को सफल विष्टले समेत स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । आज स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिको कार्यालयका प्रमुख शुशिल कुमार अधिकारीले विभिन्न पदमा २९ जनाले उम्मेदवारी दिएका छन् भने समानुपातिकतर्फ ५ संगठनहरुले बन्द सूची बुझाएको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्