काठमाडौं ।
छिल्लो समय नेपालमा चामल र मैदाको मूल्य लगातार महँगिदै गएको छ । युक्रेन–रुस युद्ध र खडेरीका कारण देखाउँदै भारतले नेपालमा गहुँ र चामल निर्यातमा रोक लगाएको थियो । तर, नेपालमा नयाँ धान उत्पादन भइसक्दा र नेपालले भारतबाट कोटामा गहुँ आयात गर्दासमेत बजारमा मूल्य घटेको छैन ।
गत असोजमा प्रतिबोरा १७ सय ५० रहेको जिरा मसिना चामल अहिले २२ सय रुपैयाँ प्रतिबोरा पुगेको छ । त्यसैगरी ६० रुपैयाँ प्रतिकेजी रहेको मैदाको मूल्य अहिले एक सय रुपैयाँ पुगेको छ । पाँच महिनाको अन्तरालमा चामलको मूल्य प्रतिबोरा ५ सय ५० रुपैयाँ र मैदा प्रतिकेजी ४० रुपैयाँले बढेको छ ।
बजारमा मैदा, आँटा र चामल अभाव भएकाले अझै मूल्य बढ्न सक्ने व्यवसायीहरु बताउँछन् । जोरपाटीका एक व्यापारीले भने, ‘मैले डिलरमा चामल मगाएको हप्ता दिन भइसक्यो, अझै आएको छैन । उतैबाट मूल्य बढेर आउँछ, हामीले बढाएको होइन ।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्