विद्यालयमा सुरक्षित खानेपानी र शौचालयको व्यवस्थापन गर्छौ : नगर प्रमुख आचार्य

कोहलपुर ।

कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सुरक्षित खानेपानी र शौचालयको व्यवस्थापर्ने कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् । विहिबार भएको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी सिकाई आदान एवम् पैरवी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुखले यस्तो बताएका हुन् ।

‘कोहलपुरमा खानेपानीको सामुदायिक विद्यालयमा निकै समस्या छ’ उनले भने’ ‘त्यसको व्यवस्थापन गर्नका लागि विस्तृत योजना बनाउन लागेका छौं ।’ बालबालिकाले सुरक्षित खानेपानी पिउने पाउने अधिकार प्रत्याभूति हुने गरी योजना बन्ने र कार्यान्वय हुने प्रतिबद्धता व्यक्त गरे । आचार्यका अनुसार विद्यालयमा भएका शौचालयहरु व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

‘शौचालय नभएका होइनन तर व्यवस्थापन छैन,’ उनले भने, ‘त्यसको व्यवस्थापनका लागि विद्यालय स्वयमले नै योजना बनाएर आउनुपर्नेछ ।’ ‘एउटा विद्यालयमा ५ देखि १० वटासम्म शौचालय छन्,’ उनले थपे, ‘हामीलाई शौचालय बनाउन रकम चाहियो भन्दै आउनुहुन्छ । त्यस्ता विद्यालयहरुलाई शौचालय बनाउन रकम दिन नसक्ने तर व्यवस्थापन गर्न सक्ने नगर प्रमुख आचार्यले बताए ।

नगर प्रमुख आचार्यका अनुसार स्थानीय सरकारले कोहलपुरमा सामुदायिक विद्यालयहरु अपाङ्गमैत्री शौचालय बनाउन पहल कदमी गर्ने नगर प्रमुख आचार्यले बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद विक, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठुकुरी, वातावरण शाखा अधिकृत सुभाष पौडेल, खानेपानी डिभिजन कार्यालय प्रमुख तिलक न्यौपानेले आफ्ना भनाई राखेका थिए ।