कोहलपुर नगरपालिकाले विद्युतीय गाडि सञ्चालनमा ल्याउँदै

कोहलपुर ।

कोहलपुर नगरपालिकाले विद्युतीय गाडि सञ्चालनमा ल्याउन थालेको छ । कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई नगर क्षेत्रमा गस्तीका लागि विद्युतीय गाडि सञ्चालनमा ल्याउन थालेको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले टेण्डर प्रक्रियामार्फत खरिद गरी विद्युतीय गाडि सञ्चालनमा ल्याउन लागेको बताए ।

‘अझै पूर्ण रुपमा तयार भएको छैन, उनले भने, ‘तयार भयो भने औपचारीक रुपमा नै सञ्चालनमा ल्याउनेछौ ।’ महँगी र स्वदेशी उत्पादनको प्रवद्र्धनलाई मध्यनजर गरी विद्युतीय सवारी प्रयोगमा ल्याउन लागिएको ढकालले बताए ।

यस्तै कोहलपुर नगर प्रहरीका प्रमुख विर बहादुर थापाले स्वदेशकै उत्पादनमा लगानी गर्नुपर्छ भन्ने द्येयका साथ विद्युतीय गाडी प्रयोगमा ल्याउन थालिएको बताए । थापाका अनुसार नगरबासीको सुरक्षाका लागि आफ्नै सवारी साधन नुहँदा समस्या हुने गरेको थियाे अब सहज हुनेछ ।

कोहलपुर नगर प्रहरीले साइकल, मोटरसाइकल र टिप्पर प्रयोग गरिरहेको छ ।