महोत्तरीमा गाँजा सहित एक जना पक्राउ

महोत्तरी ।

लागूऔषध गाँजा सहित महोत्तरीमा एक जना पक्राउ परेका छन् ।

४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ५ बस्ने नवल किशोर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधवार बेलुका मण्डलकै घरबाट उक्त गाँजा फेला पारेर उनलाई तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए ।

मण्डललाई प्रहरीले जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।