सुदाम शर्मा, रूकुम पश्चिम ।
रुकुम पूर्वमा आराको फिताले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १२ क्युबाङमा काठ चिर्ने आरा मेसिनको फिताले लागेर मंगरबार साँझ ५० वर्षीय कर्मधन पुनको ज्यान गएको छ ।
गाउँपालिका अध्यक्ष पुनिराज घर्तीका अनुसार साँझ ७ बजेतिर मेसिनको फिता फुत्किएर लाग्दा गम्भीर घाइते भएका पुनलाई गाउँपालिकाको गाडीमा राखेर जिल्ला अस्पताल रूकुमकोटतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
पुनले विगत एक दशकदेखि क्यवाङमा काष्ठ उद्योग सञ्चालन गरिरहेका थिए । त्यसैको फिताले दाहिने खुट्टाको घुँडाभन्दा माथि लागेको अध्यक्ष पुनले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्