राप्तीसोनारीमा बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली पुग्दै

काेहलपुर । 

बाँकेको राप्तीसोनारीमा बाघको आक्रमणबाट दिनहुँ मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि काठमाण्डौंबाट विज्ञ प्राविधिक टोलिहरु राप्तीसोनारीमा आउन लागेको छ । दुईदिन नबित्दै दुई जनाको बाघ आक्रमणबाट मुत्यु भएपछि विभिन्न सरकारी निकायहरु बाघ नियन्त्रण गर्ने अभियानमा तिव्र रुपमा लागेका छन् ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि काठमाण्डौंबाट विज्ञ प्राविधिक टोलिहरु आउन लागेको बताएका छन् ।

संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष लगायत निकायसँग समन्वय गरेर ब्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको थियाे । खड्का अनुसार बाघलाई नियन्त्रण गरिदिनुपर्यो भनेर सबै  निकायहरूले हामीले अनुरोध गरिसकेका छाैं । सोही अनुरुप आज(आइतबार) राष्ट्रिय प्रकृती संरक्षण कोषको प्राविधिक टोली आउन लागेकाे हाे । स्थानीय स्तरमा माइकिङ र एफ.एम रेडियोबाट सूचना प्रशारण गरेर स्थानीय बासिन्दालाई जंगलभित्र प्रवेश नगर्न अनुरोध गरिरहेका र निकुञ्जलाई अनुरोध गरेपछि बाघको निगरानी गर्नका लागि दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भएको खड्काले बताए

यस्तै  राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । बाघले आक्रमण गर्दा बिहीबार पनि राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो । विभिन्न कामले जंगलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ ।