रातारात चाेरी हुन्छन् काेहलपुरमा नालीका ढक्कन

कोहलपुर ।

कोहलपुर नगरपालिका ११ मा रहेको कृषि चोक नजिकै नालीका ढक्कनहरु रातारात चोरी हुने गरेका छन् । करिब एक हप्ता पहिलेदेखि कृषि चोक नजिकमा रहेको नालीका ढक्कनहरु चोरी हुने गरेका छन् ।

बुधबार राती पनि पुनः चोरी भयो। करिब १० मिटरभन्दा बढि क्षेत्रमा रहेका नालीका ढक्कनहरु अटो प्रयोग गरी चोरी हुने गरेको छ । कोहलपुर नगरपालिका नगर प्रहरीका प्रमुख विर बहादुर थापाले चोरीमा संलग्न व्यक्ति तथा अटोलाई पक्राउ गर्ने बताएका थिए ।

‘चोरी भएको खबर पाएका थियौं’ उनले भने ,‘त्यसको खोजी कार्य भइरहेको छ ।’ केही दिनमा नै चोरी गर्ने व्यक्ति र अटोलाई सार्वजनिक गर्ने थापाले कोहलपुर टुडेलाई जानकारी दिए ।

यस्तै कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना अधिकारीले चोरी भइरहेको खबर आएको छ तर चोरी गर्ने व्यक्ति र अटो लाई नियन्त्रणमा लिने कार्य जारी रहेको बताए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख टिकाराम ढकालले नगर प्रहरीलाई ढक्कन चोरी गरेको विषयमा जानकारी भइसकेकोले काम कारवाही अगाडि बढिसकेको बताए ।