कोहलपुर नगरपालिकाले अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३ दिने अल्टिमेट जारी

हरिमाया रोकाय, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको १३ विगाह क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन लागेको छ ।

सोमबार कोहलपुर नगरपालिकाले सूचना जारी गर्दै १३ विगाह क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन ३ दिने अल्टिमेटम जारी गरी हटाउन लागेको हो ।

नगरपालिकाले १३ विगाह क्षेत्रमा अतिक्रमण गरिएको घरटहराहरुको चारकिल्ला छुट्याई हटाउन लागेको कोहलपुर नगरपालिकाका नगर प्रहरी शाखा प्रमुख विर बहादुर थापाले जानकारी दिए ।

यदि ३ दिन भित्र अतिक्रमण गरी बनाइएका संरचनाहरु नहटाए स्वम् नगर प्रहरीले हटाउने नगर प्रहरी प्रमुख थापाले जानकारी दिए ।

घर टहराहरु हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।