Kohalpur Today Header Ads

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको स्ववियु निर्वाचनको लागि ८ संगठन दर्ता




शिवध्वज शाही, कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्ववियु निर्वाचनको लागि ८ विद्यार्थी संघ संगठन दर्ता भएका छ्न । मिति २०७९ साल फागुन १६ गते संघ संगठन दर्ताको समय दिएको थियो । साे समय तालिका विहाना १०:०० बजे देखि ४:०० बजे सम्म समय तालिका रहेको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए ।

नेपाल विद्यार्थी संघका एकाई सभापति राम प्रसाद पान्डे, अनेरास्ववियुका एकाई अध्यक्ष महेन्द्र प्रकाश मल्ल, अखिल नेपाल रास्टृय स्वतन्त्र विद्यार्थी युनियन एकाई अध्यक्ष सुरेश चदारा, अखिल (क्रान्तिकारी) का एकाई अध्यक्ष दिपेन्द्र शाही, अखिल नेपाल रास्टृय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) एकाई अध्यक्ष कमल चन्द, नेपाल क्रान्तिकारी विद्यार्थी संघका एकाई अध्यक्ष हम कुमारी काफ्ले, अखिल (छैठौ) का एकाई अध्यक्ष उमा राना मगर र अखिल ( क्रान्तिकारी ) विप्लवका एकाई अध्यक्ष शान्ति कुमारी शाहीले आ आफ्नो संग संगठन दर्ता गरेका हुन ।

LIfe Ok

सबै विद्यार्थी संघ संगठनका अध्यक्षहरु र निर्वाचन समिती एवम् निर्वाचन अधिकृतको सचिवालय विच बसेको संयुक्त बैठकद्वारा निर्वाचन आचार संहिता पारित गरेको स्ववियु निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

स्ववियु निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष, धांधाली रहित बनाउन सबै प्रतिबद्ध रहेको पनि संघ संगठनका अध्यक्षको प्रतिबद्धता रहेको छ । २०७९ साल फागुन १८ गते दिनको २:०० बजे मतदाताको पहिलो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा रहेको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार