छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं ।

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका–१७ स्थित सडकमा स.५ प ७८८ नम्बरको मोटरसाईकल र प्र–१–०१–००१ ख. ४१७१ नम्बरकलो ट्रक एक–आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका–९ बस्ने ३१ वर्षीय बिनोद तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुर चोकमा ना.४ च ४५२५ नम्बरको कारको ठक्करबाट गएराति दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेका छन् ।

यसैगरी धादिङको धुनिबेंशी नगरपालिका–९ रुपाकोटस्थित सडकमा प्र.३–००१ क. ६४५६ नम्बरको टिप्पर मंगलबार राति दुर्घटना हुँदा टिप्पर चालक सोही नगरपालिका–५ बद्रीटार बस्ने २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको छ ।