५ करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ ।

सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आहृवान गरेको नेपाल समाचारपत्रलाई बताए । उनका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरूगरेको थियो । सबै सरोकारवालासँगको छलफलपछि करिब एक महिनाअघि दरबारमार्गको किडी नक्सा तयार भएको थियो ।

करिब एक वर्ष अवधिमा निर्माण र सौन्दर्यीकरण गर्ने काम पूरा गर्ने जिकिर गर्दै कामपाले नामअनुसारको क्षेत्रको व्यवस्थापन गर्ने बताएको छ । यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काष्ठमण्डपको आकृतिसहितको रेलिङ निर्माण गरिसकेको छ ।