हिमालमा भयावह वायु प्रदूषण

dgfªsf] gf;f]+ ufpFkflnsf *, tfr}sf] h+undf km}lnPsf] cfuf] . tl:a/M sflGtk'/ .

काठमाडौँ ।

वातावरण विभागले तीन वर्षअघि मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र वायु प्रदूषण मापन यन्त्र राख्यो।

हिमाली जिल्लाको प्रतिनिधित्व गर्ने हिसाबले राखिएको उक्त यन्त्रले वातावरणका क्षेत्रमा काम गर्नेहरूलाई आश्चर्य पार्ने नतिजा दिएको छ ।

नेपालमा पीएम २.५ (धेरै सूक्ष्म कणहरू जसको व्यास २.५ माइक्रोन वा सोभन्दा कम हुन्छ) को मात्रा अधिकतम ४० मिलिग्राम प्रतिघनमिटर तोकिएको छ। तर सफा भनिएको हिमाली जिल्ला त्यसमा पनि निकुञ्जभित्र २०२१ मार्च र अप्रिलमा प्रदूषण तोकिएको भन्दा बढी भएको पाइयो ।