कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १३ भरैयामा रहेको बालशिक्षा आधारभुत विद्यालयमा माघ १ गते भलिबल पढाई महोत्सव हुन लागेकोे छ । ‘श्री बालशिक्षा आधारभुत विद्यालय कोहलपुर –१३, भरैयामा जाउँ माघी पर्व हर्षउल्लासमय तरिकाले मनाऊ’ भन्ने मुल नाराका साथ सो महोत्सव हुन लागेको छ ।
विद्यालयका प्रअ टर्क खत्रीका अनुसार महोत्सवमा पढाई मेला, भलिबल, नृत्य र भिडियो रेकडिङ्ग प्रतियोगिता हुन लागेको बताएका छन् । उनका अनुसार पढाइ मेलाको लागि कक्षा ३ –५ का लागि रु १०० र कक्षा ६ –८ का लागि रु १ सय ५० रुपैया समूह दर्ता गर्दा लाग्ने बताए ।
यस्तै भलिबल प्रतियोगिताको लागि कक्षा ६ देखि ८ र ९ देखि १२ का छात्र-छात्रा समूह छुट्टाछुट्टै सबै सामुदायिक विद्यालय सहभागि हुन पाउनेछन् भने टिम दर्ताका लागि १ हजार ५ सय रुपैया लाग्नेछ ।
यस्तै खत्रीका विद्यालयहरुका बालबालिकाहरुलाई समुहगत रुपमा प्रवेश शुल्क १ सय रुपैया र व्यक्तिगत रुपमा ५५ रुपैया लाग्ने बताए ।
यस्तै महोत्सवका लागि विभिन्न परिकारहरु विद्यालयमा गठित बालक्लब, वातावरण क्लब, जुनियर रेड्क्रस सर्कल, अंग्रेजी भाषा क्लब र सदनहरुबाट तयार गरिनेछ ।
कार्यकमको बालशिक्षा आधारभुत विद्यालय कोहलपुर १३, भरैयाको खेलमैदान हुनेछ । थप जानकारीका लागि ९८५८०२७७६९ र ९७४८००६७३३ सम्पर्क गर्न सकिनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्