Kohalpur Today Header Ads

हलिउड गायक आर केलीलाई २० वर्षकाे कैद सजाय




नम्बर वान, आइ विस, स्लो डान्स, हनी लब जस्ता चर्चित गित का गायक रबर्ट सिल्वेस्टर केली अर्थात् आर केलीलाई सिकागोको फेडरल कोर्टले २० वर्षकाे कैद सजाय सुनाएको छ।

सन् २०१९ मा उनी विरुद्ध लागेको १३ आरोप मध्ये ६ आरोपमा दोषी रहेकाे अदालतले निर्णय छ। उनी विरुद्ध नाबालिगलाई यौनजन्य क्रियाकलापमा सहभागी गराई त्यसको भिडियो बनाएको आरोप छ।

यसकासाथै उनले आफ्नी १४ वर्षीया धर्मपुत्रीलाई यौनशाेषण गरेका थिए। उनले सन् २०२१ मा धोकाधडीको आरोपमा न्युयोर्कको एक अदालतबाट २० वर्ष कैद सजाय पाएकाे र हाल जेल सजाय भोगिरहेका गायक केली माथि यो अर्को आरोप पनि प्रमाणित भएको हो।

LIfe Ok

उनीमाथि अमेरिकामा १६ वर्ष भन्दा कम उमेरकाे किशोरीसँग समझदारीमा यौनसम्बन्ध भए पनि बलात्कार मानिन्छ। नेपालमा भने यस्तै आरोपमा जेल परेका पल शाहलाई अदालतले सफाइ मानेको छ र उनको रिहाइमा फूलमाला र अबिरसहित भिडले स्वागत गरेको थियो। सायद यो नै नेपाल र अमेरिकाबीचको भिन्नता हो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार