नेकपा एमाले बर्दियाको अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा अधिकारी सर्वसम्मत

रावन विश्वकर्मा, बर्दिया ।

नेकपा एमाले बर्दियाको अध्यक्षमा लाल बहादुर श्रेष्ठ निर्वाचित हुनु भएको छ । नेकपा एमाले बर्दिया जिल्ला कमिटीको यहि पौष २३ र २४ गते भएको ९ औँ जिल्ला अधिवेसनबाट बढैयाताल गाँउपालिकाका अध्यक्ष समेत रहनु भएको श्रेष्ठ जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

त्यस्तै बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी नेकपा एमाले बर्दियाको जिल्ला उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेसनबाट जिल्ला कमिटीको सचिवमा पदम ढकाल, उपसचिवमा पहारी थारु, उपसचिवमा टिका सम्सेली सहित १ सय ५ सदस्य र अन्य मनोनित गरी १ सय १६ सदसिय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको नव निर्वाचित उपाध्यक्ष सालिकराम अधिकारीले जानकारी दिनुभयो ।

अधिवेसनबाट निर्वाचित जिल्ला कमिटीको सदस्यमा बाँसगढी नगरपालिकाबाट बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारु, हरि पौडेल, नर बहादुर वली, पुर्ण प्रसाद शर्मा, देवी मायाँ बस्याल, जय बहादुर चन्द ठकुरी, गोविन्द देवकोटा, हर्क विक सदस्यमा चयन भएका छन् ।

त्यस्तै नैन बहादुर खत्री, राजु पहाडी, कृष्ण आचार्य, सार्जने विक तोयानाथ अधिकारी, रामचन्द्र अधिकारी, धुव्र थापा बाँसगढी नगरपालिकाबाट नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।