सप्तरीमा दुर्घटना हुदाँ ३ जनाको मृत्यु

सप्तरी ।

सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको प्रहरीले जनाएको छ । राजकुमारी र हरेराम कारमा सवार थिए ।

दुर्घटनामा १२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।