शिवशिखर सहकारी विरुद्ध १ सय बढि बचतकर्ताहरुले संयुक्त रुपमा इप्रका कोहलपुरमा दिए उजुरी

File Photo

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुलाई ठगी गरेको आरोपमा इप्रका कोहलपुरमा उजुरी दिएका छन् । आइतबार आन्दोलन गरिरहेका बचतकर्ताहरुले इप्रका कोहलपुरमा समेत उजुरी दिएका छन् ।

कोहलपुरमा रहेका १ सय बढि बचतकर्ताहरुले इप्रका कोहलपुरमा उजुरी दिएको बचतकर्ता दुर्गा सुवेदीले कोहलपुर टुडेलाई जानकारी दिएकी थिइन् । आफ्नो रकम सुरक्षित बनाउने उद्देश्यले शिवशिखर सहकारीका बचतकर्ताहरुले इप्रका कोहलपुरमा उजुरी दिएको सुवेदीले बताइन् ।

सोही विषयमा इप्रका कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीसंग कोहलपुर टुडेको कुराकानीमा उनले सहकारीहरुले ठगी गरेका विषयहरुलाई अदालतमा हेर्ने भएकोले हामीले केही पनि गर्न नसक्ने बताएका थिए ।

‘उहाँहरुले निवेदन लिएर आउनुभएको थियो तर दर्ता हुँदैन,’  ‘गोलघरमा छोडेर जानुभएको छ उनले भने ।’

शिवशिखरका देशभरी ३६ वटा शाखाहरु रहेका छन् । कोहलपुरमा मात्र १२ हजार भन्दा बढि बचतकर्ता रहेका छन् । कोहलपुरमा शिवशिखरले दैनिक बचत, आवधिक बचत, बाल बचत र मुद्धती बचत जस्ता खाताहरु सञ्चालनमा ल्याएको छ ।

यो पनि हेर्नुहोस् ।

शिवशिखर सहकारीकाे कोहलपुर शाखाले ठगी गरेको आरोपमा बचतकर्ताहरु आन्दोलनमा