कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुलाई ठगी गरेको आरोपमा आन्दोलन गरेका छन् । शिवशिखरको कार्यालयमा विहानैदेखि आज आन्दोलन गरेका हुन् । बैजनाथ, राप्तीसोनारी, कोहलपुर र अन्य क्षेत्रका करिब १ सय जना भन्दा बढि बचतकर्ताहरुले आन्दोलन गरेका थिए ।
कोहलपुर नगरपालिका-११ का दिपक ढुङ्गानाले आफुले दैनिक गरेको बचत समेत र्फिता नदिएपछि ठगी गरेको आरोपमा लगाएका छन् । ‘करिब ३ महिना भन्दा बढि भयो १० हजार चेककाे रकम लिनुपर्ने म्याद सकिएको तर रकम दिएको छैन’ उनले भने, ‘जहिले पनि भोली-भोली भन्दै तीन महिना वित्तीसक्यो । एक रुपैया समेत रकम दिएको छैन, रकमको लागि कहिलेसम्म कुर्नुपर्ने हो ? उनले प्रश्न गरे । ‘मेराे त यहाँ ४० लाख भन्दा बढि रकम जम्मा गरेकाे छुु ।’

बैजनाथमा रहेको शिवशिखरको मार्ट समेत बन्द भयो भएको खबर पाएका छौं, यहाँ पनि बन्द भएर भागे भने हाम्रो पैसाको सुरक्षा कस्ले लिने ? त्यसकारणले ठगी गरेर फरार हुने नियत देखिएकोले कानूनी उपचार खोज्ने उनको भनाई थियो ।
यस्तै कोहलपुर नगरपालिका ५ की सिर्जना थारु । उनको बाल बचत हो । उनले आफ्नो छोराको बाल बचत गरेकी थिइन् । उनले आफ्नो ५ लाख बढि रकम छ, र्फिता लिन आएकी हुँ तर नपाएपछि आन्दोलन गरिरहेकी छु,’ उनले भनीन्, ‘अहिले सबै रकम चाहिएको होइन् ।’ १० हजारको चेकको मात्र रकम लिन आउँदा र्फिता नदिएपछि आन्दोलनमा होमिएको थारुले बताइन् । यि प्रतिनिधि मुलक पात्र मात्र हुन् ।

कोहलपुरमा आज करिब १ सय ५० जना व्यक्तिहरुले आफ्नो बचतर्फिता लिन आएका थिए । उनीहरुले महिनौदेखि भोली भोली भन्दै ठगेको आरोप लगाएका थिए ।
शिवशिखर कोहलपुरले चलअचल सम्पतीमा लगाएकै कारणले गर्दा समस्या आएको शिवशिखर सहकारी कोहलपुरका शाखा प्रमुख सुनिता थारुले कोहलपुर टुडेसंगको कुराकानीमा बताएकी थिइन् । ‘अहिले तत्कालको लागि मात्र रकम नभएको हो,’ उनले भनीन्, ‘केही दिनपछि रकम दिनका लागि भोली सञ्चालक समितिको बैंठक बस्दैछ ।’
यस्तै शिवशिखरका सञ्चालक समितिका अध्यक्ष शुशिल बानियालाई ठगी गरेको आरोप लगाएपछि सोही विषयमा बुझ्नका लागि सम्पर्क गर्दा फोेन बारम्बार काटेपछि सम्पर्क हुन सकेन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्