काठमाडौं ।
१४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।
कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुन: सूचना जारी गरेको छ । सूचनामा सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्