महेन्द्रनगरमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु

महेन्द्रनगर ।

महेन्द्रनगरबाट डडेल्धुराको रुपालतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

परशुराम नगरपालिका–३ मट्यौलामा सोमबार दिउसो म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो ।

जिपमा चालकसहित ११ जना यात्रु सवार थिए । केही यात्रु सामान्य घाइते छन् ।

इलाका प्रहरी कार्यालय जोगबुढाका बरिष्ठ सई माधव जोशीका अनुसार सडकमा ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । जिपमा च्यापिएर तिरुवाको मृत्यु भएको थियो । इलाका प्रहरी र शीर्षस्थित चौकीको टोली घटनास्थलमै छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट कम्तिमा पनि २०/२५ किलोमिटर टाढा पर्छ । र मट्यौलाको पानीट्याङकी नजिक जिप दुर्घटना भएको थियो ।