काठमाडौं ।
भक्तपुरको मध्यपुर ठिमीमा आइतबार बिहान पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार लोकन्थली खरिबोट बासुकी कोलोनी नजिकै नयाँ घरको जग खन्ने क्रममा जोडिएको घरको पर्खाल भत्किएको हो ।
पर्खाल भत्किँदा जग खन्ने काम गरिरहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–४ का २३ वर्षीय धर्मेन बिक घाइते भएका थिए ।
घाइते बिकलाई उपचारका लागि नागरिक अस्पताल लगिएको थियो। उपचारको क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्