भक्तपुरमा पर्खाल भत्किदाँ एक जनाको मृत्यु

काठमाडौं ।

भक्तपुरको मध्यपुर ठिमीमा आइतबार बिहान पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार लोकन्थली खरिबोट बासुकी कोलोनी नजिकै नयाँ घरको जग खन्ने क्रममा जोडिएको घरको पर्खाल भत्किएको हो ।

पर्खाल भत्किँदा जग खन्ने काम गरिरहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–४ का २३ वर्षीय धर्मेन बिक घाइते भएका थिए ।

घाइते बिकलाई उपचारका लागि नागरिक अस्पताल लगिएको थियो। उपचारको क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।