बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक पत्रकारको मृत्यु

बुटवल ।

बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।

शनिबार राति करिब सवा ११ बजे लु८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो ।

बसको ठक्करपछि घाइते भएका हितंगाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।