काेहलपुरका नयाँ डिएपीकाे पहिलाे काम : ब्राउन सुगर सहित चप्परडौगीबाट ३ जना पक्राउ




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीबाट १ सय १६ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार करिब ३:३० बजेको समयमा कोहलपुर १२ चप्परगौडी स्थित सडक-खण्डमा फलफूल किन्ने अवस्थामा चेकजाँच गर्दा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका ७ बर्दियाका २१ वर्षका विशाल सिंह ठकुरी, कोहलपुर नगरपालिका ११ बाँकेका १८ वर्षका निर्जन ढकाल र बढैयाताल गाउँपालिका ७ बर्दियाका २८ वर्षका विक्रिम सिंह ठकुरी रहेका छन् ।

प्रहरीले मोवाईल ३ थान, मोटरसाइकल १ थान र नगद ९ हजार ८ सय बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारीले बताए ।

अनुसन्धान भइरहेको र कानून बमोजिम कारवाही पक्रिया अगाडि बढाइएको तिवारीले बताए । तिवारी कोहलपुरमा आएपछिको यो पहिलो काम हो ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १४ गते आइतबार