पूर्खाहरु भन्छन्– एक तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस ।’ अर्थात् अनावश्यक बोल्नुभन्दा चुपचाप बस्नु ठीक छ ।
बोल्नमा हामीलाई कुनै बन्देज त छैन । त्यसैले बोल्नका लागि मुख बार्ने चलन छैन, हामीसँग । त्यसैले आफ्नै बोलीले बेलाबखत हामीलाई फन्दामा पार्छ । त्यसैले त जान्नेबुझ्नेहरु सतर्क गराउँछन्, ‘बन्दुकको गोली र मुखको बोली निस्केपछि फर्कंदैन ।’ अर्थात् बेलाबखत हामी यस्तो घातक कुरा बोल्छौं, जसलाई पुनः सुधार्ने मौका हामीसँग हुँदैन ।
बोल्नका लागि हामीले अतिरिक्त बल खर्च गर्नुपर्दैन । न त्यसका लागि कुनै खर्च लाग्छ, न आवाजको भण्डार नै ह्रास हुन्छ । त्यसैले हामी मनको कुरा मुखमा ल्याइहाल्छौं ।
विद्वानहरु सुझाउँछन्, ‘कम बोल्नु धेरै सुन्नु ।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्