सागर गैरेको ‘बलैगाउँदेखि बाकुसम्म’ को विमोचन




कोहलपुर ।

कोहलपुरका साहित्यकार सागर गैरेको ‘बलैगाउँदेखि बाकुसम्म’ को विमोचन भएको छ । शनिबार पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सागर गैरेको नविनतम नियात्रा कृति ‘बलैगाउँदेखि बाकुसम्म’ को विमोचन गरिएको थियो ।

यस्तै कृतिको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले सागर गैरेको नियात्रा नेपाली नियात्राको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताए । ‘लकडाउन’ पछि दोस्रो कृतिका रुपमा आएको “बलैगाउँदेखि बाकुसम्म“ नियात्रा कृति खारिएर आएको छ भन्दै रेग्मीले यो कृतिले सागर गैरेलाई मात्रै होइन यो क्षेत्रलाई नै चिनाउन सहयोग हुने बताए ।

यस्तै नियात्रा विमोचनसंगै परिचर्चा समेत गरिएको थियो । समालोचक हरी सुवेदीले लेखकीय अनुभूति, कृति भित्रका गुण र दोषहरूलाई केलाउने प्रयास गरेका थिए । कार्यक्रममा कथाकार सुमित्रा न्यौपाने, कवि हेमप्रकाश मञ्जिल गजलकार कपिल अञ्जान र शिक्षक बद्री ढकाल हिरामणि उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार