जागिरको लोभमा भारतको कोठीमा बेचिएकी युवतीको उद्धार, होटल सञ्चालक पक्राउ

दाङ ।

दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही–१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् ।

२० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।

प्रहरी प्रमुख वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएकी थिइन् । त्यसपछि उनलाई गत माघ २१ गते भारतको चन्ढिगढ पुर्‍याइयो ।

‘राम्रो कमाइ हुने लोभ देखाएर बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएको रहेछ’ प्रहरी प्रमुख वलीले भने, ‘त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचिएछ ।’