Kohalpur Today Header Ads

श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो




काठमाडौँ ।

नागरिक अगुवा तथा पूर्वमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको मंगलबार अन्तिम बिदाइ गरिएको छ ।

पशुपतिस्थित आर्यघाटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राईले दिवंगत श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

LIfe Ok

डा. श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ०४७ सालको अन्तरिम सरकारमा श्रेष्ठ स्वास्थ्यमन्त्री रहेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ९ गते मंगलबार