Kohalpur Today Header Ads

कुन–कुन दल मिलेमा चुन्न सक्छन् राष्ट्रपति, कसको कति छ मतभार?




काठमाडौं ।

राजनीतिक दलहरू यति बेला राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको दौडधुपमा छन्।

दैनिक जसो पार्टीहरू एकअर्कासँग र आन्तरिक बैठक गरिरहेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपति निर्वाचनका लागि आगामी फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्नेछ ।

LIfe Ok

गत पुस १० गते प्रधानमन्त्रीमा दाबी गर्ने बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रपति नेकपा एमालेलाई दिन सहमति जनाएका थिए ।

तर पुस २६ गते संसदमा नेपाली कांग्रेसबाट समेत विश्वासको मत पाएपछि प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क गरिरहेका छन । माओवादी केन्द्र यसपटक राष्ट्रपति निर्वाचनमा झन्डैझन्डै निर्णायक जस्तो अवस्थामा छ । त्यसैले कांग्रेस र एमाले दुबै दल माओवादीलाई आफ्नो साथ लिएर गठबन्धन बनाई राष्ट्रपति आफ्नो पोल्टामा पार्न भरपुर प्रयत्नमा छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ९ गते मंगलबार