दाङको सडक कार्यालयमा स्थानीयले लगाए ताला




दाङ ।

दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।

घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले सडक अलपत्र छोड्ने ठेकेदारलाई कारवाहीको माग गर्दै सडकको निर्माण तथा मर्मत छिटोभन्दा छिटो गर्न दबाब दिए ।

घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक निर्माण नहुँदा नागरिकले सास्ती खेप्नु परेको नागरिक समाजका संयोजक केवी मसालले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ८ गते सोमबार