दाङको सडक कार्यालयमा स्थानीयले लगाए ताला

दाङ ।

दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।

घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले सडक अलपत्र छोड्ने ठेकेदारलाई कारवाहीको माग गर्दै सडकको निर्माण तथा मर्मत छिटोभन्दा छिटो गर्न दबाब दिए ।

घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक निर्माण नहुँदा नागरिकले सास्ती खेप्नु परेको नागरिक समाजका संयोजक केवी मसालले बताए ।