Kohalpur Today Header Ads

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते चालकको मृत्यु




काठमाडौं ।

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ ।

आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका–६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

LIfe Ok

दुर्घटनामा चालक चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षमा नविन सुनार र सहचालक वालिङ नगरपालिका–८ मिर्दिका १४ वर्षका सोविन विक घाइते भएका थिए । उनीहरुलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

सहचालक विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो र उनलाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ८ गते सोमबार