शर्मिला जैसी, कोहलपुर ।
शिखा ऎकेडेमी कोहलपुर -८ पिपिरिले भव्य रूपमा वार्षिक उत्सव मनाएको छ । नेपालगन्ज एजुकेसनल प्रा.लि.द्वारा संचालित शिखा ऎकेडेमीको स्थापना २०७७सालमा भएको थियो ।

नेपागन्ज तथा कोहलपुरका शिक्षा क्षेत्रमा लामो समय काम गरेका शैक्षिक व्यक्तित्व, सामाजिक र राजनीतिक व्यक्तित्वको लगानीमा यो विद्यालयको स्थापना गरिएको सिईयो डा. राजकुमार सुवेदीले वताए ।

संस्थागत विद्यालयका रूपमा स्थापित शिखा ऎकेडेमीले स्थापनाको २१ महिना पछि प्रथम वार्षिक उत्सव मनाएको विद्यालयका प्रधानाध्यापक टंक के सि ले वताए । उक्त कार्यक्रम बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पूर्ण प्रसाद आचार्यले शिखा ऎकेडेमी लाई प्रगतिको कामना गरे ।

अचार्यले संस्थागत विद्यालय विचको उत्कृष्टता लाई प्रतिस्पर्धा गर्न समेत अनुरोध गरे । उनले शिक्षालयहरु सहज रूपमा सन्चालन गर्न र गुणस्तरीय शिक्षामा जोड दिन अनुरोध गरे । कोहलपुरमा ५८ वटा संस्थागत विद्यालयहरु रहेकोले गुणस्तरीय शिक्षा लाई अनिवार्य गर्न, रचनात्मक भूमिका निर्वाह गर्न र बालबालिकाको सर्वाङगिन पक्षको विकास गर्ने वातावरण तयार गर्न जोड दिए ।

कोहलपुरमा रहेका विद्यालयहरुले उत्कृष्ट क्रियाकलाप गर्न र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने कुरामा जोड दिए । उनले हरेक विद्यालयले शिक्षा तथा कर्मचारीको न्युनतम पारिश्रमिक तयार गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रम बोल्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले शिक्षा क्षेत्रमा काम गर्ने हरेक व्यक्तिको चाहना नै आम विद्यार्थीको सर्वपक्षीय विकास गर्दै शिखा ऎकेडेमी लाई शुभकामना दिए । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं -८ का वडाध्यक्ष लाल बहादुर रानाले विद्यालय र विद्यालय वातावरण राम्रो बनाउनु पर्ने कुरामा जोड दिए ।

उनले शिक्षा क्षेत्रमा गरेको लगानीले नै देश विकास हुने कुरामा जोड दिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं -१२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले कोहलपुर नगरपालिका नगर शिक्षाले संस्थागत विद्यालय र सामुदायिक विद्यालय दुबै लाई बराबरी रूपमा दक्ष जनशक्ति उत्पादन गर्न अनुरोध गरे ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष डा शिशिर रेग्मीले विद्यालयमा अतिरिक्त कोर्स अन्तरगत संस्कृत शिक्षा अनिवार्य रुपमा कार्यन्वयन गर्न संचालक लाई अनुरोध गरे । कार्यक्रमको विचमा करिब एक करोडको लगानीमा तयार गरिएको सुईमिङपुलको उदघाटन नगर प्रमुख आचार्यले गरे ।
उक्त कार्यक्रममा शैक्षिक ऎकेडेमी नेपालगन्ज प्रा. लि. का संचालकहरु, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मुल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, त्रिभुवन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ऋसि शर्मा, प्यावसब बांकेका अध्यक्ष यम बहादुर रावत, कृसा बांकेका अध्यक्ष बेगम चन्द, नमूना विद्यासदनका शिव डांगि लगायत प्राध्यापक, शिक्षक समाजसेवी लगायत पत्रकारहरुको उपस्थित रहेको थियो।
विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलाडीले विभिन्न कलाको प्रतिभा देखाउनुको साथै विभिन्न नृत्य समेतको प्रस्तुति देखाउने काम गरिएको थियो ।
विरुवामा पानी हालेर उदघाटन गरिएको कार्यक्रममा नेपाली रास्टृय गानबाट सुरु भएको कार्यक्रम प्रजातन्त्र दिवसको अवसरमा एक मिनेट मौनधारण समेत गरिए प्रधानाध्यापक के सि ले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने खालको प्रदर्शनी समेत राखिएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष तथा संचालक गोपाल प्रसाद अधिकारीको सभापतित्वमा रहेको कार्यक्रमको सन्चालन वासु उपाध्यायले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्