अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती पक्राउ

काठमाडौं ।

प्रहरीले झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१० चन्द्रगढी घर भई हाल काठमाडौं–२२ खिचापोरी बस्ने ३२ वर्षीया दिपाञ्जली थापा भन्ने उषा कार्की र चितवन कालिका नगरपालिका–४ घर भई हाल काठमाडौं–२२ खिचापोखरीमा बस्ने २० वर्षीया निकिता सुवेदी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्की र सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।