काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम गरिरहेको जनाएको छ । बोर्डले कक्षा कोठाको परीक्षामुखी सिकाईलाई ज्ञानमुखी बनाउनका लागि राष्ट्रिय रुपमा प्रशिक्षक तयार गरिसकेको जनाएको छ ।
शिक्षकलाई नै प्रशिक्षकको रुपमा तयार गरेको बोर्डले अहिले देशभरबाट प्रत्येक जिल्लाको तीन जनाप्रशिक्षक तयार गरेको र उनीहरुले प्रादेशिक प्रशिक्षक तयार गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् ।
उनी भन्छन्, ‘अहिलेसम्म हामीले घोकेर पास गर्ने कुरा थियो भने अब सिकेर, बुझेर त्यसको आधारमा लेख्न सक्ने, प्रयोग गर्न सक्ने खालको सिकाइ हुनेछ। ती प्रादेशिक प्रशिक्षकले पालिका स्तरीय प्रशिक्षक तयार गरेर कक्षाकोठाको सिकाई प्रणालीलाई ज्ञानमुखी बनाउनेछन् । ’
बोर्डको अनुसार शिक्षकहरुलाई पाठ्यक्रम निर्माण, पाठ्यक्रमको आधारमा विशिष्टिकरण तालिका र विशिष्टिकरण तालिकाको आधारमा प्रश्नपत्र निर्माणको लागि कार्यशाला सञ्चालन गरेर तालिम दिइएको छ ।
कक्षाकोठा परिवर्तनको लागि शिक्षकको सिकाई प्रक्रियालाई पनि सुधार गर्नुपर्ने भएकोले बोर्डले सुधारका लागि काम गरिरहेको बोर्डका अध्यक्ष शर्माको भनाइ छ ।
बोर्डबाट प्रशिक्षित राष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रादेशिक स्तरका शिक्षकलाई प्रशिक्षण दिने र उनीहरुले पालिकास्तरका शिक्षकलाई प्रशिक्षण दिनेछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्