अखिलको मतदान हुन ढिलाइ, विद्युतीय मेसिनको प्रयोग गरिने




काठमाडौं ।

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन केही ढिला हुने भएको छ ।

बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि मतदान हुन सकेको छैन । मतदाताहरू समयमै उपस्थित नभएपछि मतदान केही समय पछि सारिएको हो ।

यही फागुन २ गतेबाट सुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो ।

अखिलको अध्यक्षका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसँगै निवर्तमान महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

यस पटकको अखिलको मतदानमा विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ ।

निर्वाचन समिति प्रमुख कुमार खकुरेलका अनुसार मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुने छ । १२–१ बजेसम्म मतदान सुरु गर्न सकेमा राति ९–१० बजेतिर नतिजा आउने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार