काेहलपुर ।
लुम्बिनी प्रदेश सरकारले बुधबार (आज) स्थापना दिवस मनाउँदैछ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो ।
कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन् । स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए । प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको कार्य अपेक्षित रुपमा अझै जनउत्तरदायी र विस्वश्नीय वनाउनु पर्ने जरुरी रहेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्